अग्रज हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कुलमान घिसिङलाई तीन करोड नेपाली जनताले रुचाएकोले नेपाल विद्युत प्राधिकरणमा पुनः घिसिङलाई नै नियुक्ती गर्न सरकारसँग माग गरेका छन् ।

‘मेचीदेखि महाकाली हिमालदेखि तराई ७७ वटै जिल्लाका साढे ३ करोड जनताका आत्मादेखि रुचाइएको नाम हो कुलमान घिसिङ । जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टीबाट चुनाव लडेमा आँखा चिम्लेर निर्वाचित हुने निश्चित देखिन्छ,’ श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आम जनताको मतलाई अयोग्य ठानेर बेवास्ता गर्न सकिन्छ । तर ७७ वटा जिल्लाको मन जितेको व्यक्तिलाई हटाउने निर्णय गरिएमा जनताले जिन्दगीभर चित्त दुखाउनेछन् ।’

यसअघि अर्का अग्रज हाँस्य कलाकार हरिवंश आचार्यले पनि प्राधिकरणको प्रमुखमा घिसिङलाई नै नियुक्ती गर्न माग गरेका थिए ।

दिपकराज गिरी लगायतका केही कलाकारले प्राधिकरणमा पुनः घिसिङलाई नियुक्ती गर्न माग गर्दै हिजो राति ८ बजे ५ मिनेट बत्ति निभाउने अभियान चलाएर सरकारलाई दबाब दिएका थिए ।

नेपालमा दैनिक १८ घण्टासम्म हुने लोडसेडिङ हटाएर घिसिङले आम नेपाली जनताको मन जितेका छन् ।

घिसिङ प्राधिकरणमा आफ्नाे चारवर्षे कार्यकाल सिध्याएर विदा भएका छन् तर केपी ओली नेतृत्वको सरकार घिसिङलाई पुनः नियुक्ती गर्ने पक्षमा देखिएन ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here