बियोगान्त कथा बोकेको गीत “कालो बादल” सार्वजनिक भएको छ ।

गीतमा देवी घर्ती, पूर्णकला बिसी, रामप्रसाद अवस्थी र दिपक संगम बिसीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थी र संगीत दिपक संगम बिसीको रहेको छ ।

धन कमाउने आशमा विदेशिएका आफ्ना छोराछारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबुआमा घरपरिवारमाथि आइपरेको बज्रपात हो “कालो बादल” ।

गीतमा रामप्रसाद अवस्थी, रश्मी भट्ट, दिपक संगम बिसी, पशुपति खनाल, डोलबहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन रामप्रसाद अवस्थीले गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here