डा. जागेश्वर गाैतम

नेपालमा पछिल्लो २४ घन्टा १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा १ हजार १७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

योसँगै कुल संक्रमितको संख्या अब ५५ हजार ३२९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा काठमाडाैं उपत्यकामा ८ सहित १५ जनाकाे मृत्यु भएकाे छ । अब कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २६० पुगेकाे छ ।

पछिल्लाे २४ घन्टामा ८७९ जना काेराेना मुक्ता भएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here