सत्तारुढ नेपाल कम्युनिस्ट पाटीं (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने बताएका छन् ।

घिसिङको चारवर्षे कार्यकाल हिजोबाट सकिएको छ ।

प्राधिकरणको कार्यकारी अधिकृतमा घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने आम जनताको माग भइरहेको बेला नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरबाट घिसिङलाई पुनः नियुक्ती गरिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जा क्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकोले उनको पुनःनियुक्ती हुनेछ भन्नेमा विश्वस्त छु ।’

दैनिक १२ देखि १८ घण्टासम्म लोडसेडिङ भइरहेको बेला घिसिङ प्राधिकरण प्रमुख बनेपछि नै नेपाल लोडसेडिङमुक्त भएको हो ।

जनताले हाल यही कारण घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग गरेका हुन् ।

यसैबीच आज नै साँझ ५ बजे क्याबिनेट बैठक बस्दैछ । उक्त बैठकमा यस सम्बन्धमा निर्णय हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here