विदेशमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील गायक बिन्तीकुमार गुरुङले आफ्नो नयाँ म्युजिक भिडियो ‘काफल पाक्यो’ सार्वजनिक गरेका छन् ।

गायक गुरुङकै स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई  ळहाङ सुब्बाले संगीत संयोजन गरेका हुन् । पुर्वीय र पश्चिमी शैलीको फ्युजन रहेको यस गीतमा गुरुङका विदेशी साथीहरुले बाध्यवादनमा साथ दिएका छन् ।

म्युजिक भिडियोमा गायक गुरुङको साथमा आयशा अनवरको अभिनय देख्न सकिन्छ । भिडियोलाई गायक गुरुङको अफिसिएल च्यानल ‘बिन्ती कुमार गुरुङ’ मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here