शनिबार साँझ काठमाडौंको सडक एयरपोर्टको रनवे जस्तै देखियो । कालोपत्रे सडकमा एउटा प्लेन गुडिरहेको थियो । यो दृश्य देख्नेहरु एकछिन चकित भए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको नेपाली सेनाको एभ्रो विमानलाई शनिबार राति नेपाली सेनाले नारायणहिटी संग्रहालमा राख्नका लागि सडकमा गुडाएर लगेका थिए ।

उक्त प्लेन एयरपोर्टदेखि तिनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, सहिद गेट, जमल हुँदै नारायणहिटी दरबार संग्रहालयमा पुर्याइएको थियो ।

उक्त प्लेन पूर्वराजाहरुले प्रयोग गर्थे । राजा विरेन्द्रले २०३१ सालमा राज्याभिषेकका बेला उक्त प्लेन प्रयोग गरेका थिए ।

रक्षा मन्त्रालयले गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको उक्त प्लेन नारायणहिटी संग्रहालयमा राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here