आइएमई लाइफ ईन्स्योरेन्स कम्पनी धरान शाखाले मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको दिपक मगरको परिवारलाई विमा स्वरुप २० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

तीन बर्षअघि आइएमई लाइफ ईन्सोरेन्समा १० लाख रुपैयाँको विमा गरेका मगरको असामयिक निधन भएपछि उनकी श्रीमती संगीता राई मगरलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको आइएमई लाइफ ईन्सोरेन्स धरान शाखाले जनाएको छ ।

मृतक मगरले कम्पनीमा २०७४ असोज ४ गते बिमा गरेका थिए । उनको २०७७ साउन १८ गते सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटनामा परि उपचार गर्ने क्रममा धरानको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

मृतक मगरको परिवारले एक महिनाभित्रै आवश्यक कागजात सहित विमा रकम माग दाबी गरेपछि रकम भुक्तानी दिइएको धरान शाखाका प्रमुख ओमप्रकाश राईले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here