न गाउँ । तस्बिरः हाइलाइटटुरिजम डटकम

कोरोना भाइरस महामारीबाट सबभन्दा बढी प्रभावित पर्यटन क्षेत्र पहिलाकै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) काे आयोजनामा सोमबार काठमाडाैंमा भएकाे छलफलमा विज्ञहरुले याे कुरा बताएका हुन् ।

कोरोना महामारी अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसकाे प्रभाव लामो समय जाने उनीहरुको भनाइ छ ।

नेपालमा पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने उनीहरुले बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाेले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने अवस्था नरहेको बताए । ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ,’ उनले भने, ‘जहाँ कुनै खास रुचीका आधारमा सेवा दिन सकिन्छ ।’

होटेल व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेको बताए ।

उनले पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन चार/पाँच वर्ष लाग्ने बताए । उनले भने, ‘२०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here