इ–कमर्स कम्पनी अनलाइनसाथी डटकम र के पढ्नेको सहकार्यमा एसइइ पास विधार्थीहरुलाई ‘अनलाइन शिक्षा सहयात्री योजना’ ल्याएको छ ।

उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाइन शिक्षा लिनलाई सघाउ पुर्याउने उदेश्यले ल्यापटप, मोबाइल, क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिने भएको हो ।

हरेक बर्ष दुई पटक संचालन गरिने यो योजना यसपटक भने एसइइ पास विधार्थीहरुमा केन्द्रित रहने स्रोतले जानकारी दिएको छ । यो योजनामा यस पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन
सक्नेछन ।

कसरी सहभागी हुने ?

यो योजनामा सहभागी हुन एसइइ पास भएका विधार्थीले यस लिंकमा गएर sahayatri.onlinesaathi.com आफ्नो विवरण भर्नुपर्नेछ । २०२० सेम्टेम्बर महिनाको अन्त्यसम्म(असोज १४ गतेसम्म) सञ्चालन हुने यस योजनामा सहभागी
विधार्थीहरु मध्येबाट गोलाप्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्ता (कार्तिकको पहिलो हप्ता) मा विजेताहरुको छनोट गरिनेछ ।

यी हुन उपहार

जस अन्तर्गत गोलाप्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १० जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई ट्याब प्रदान गरिने अनलाइन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले
जानकारी दिए ।

यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था, विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको अध्यक्ष यादवको भनाइ छ । अनलाइन साथीडट कमको लिङ्क  sahayatri.onlinesaathi.com  खोलेर उक्त विवरण भर्न सक्नुहुनेछ ।

अनलाइन साथी

स्थापनाको बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल ‘अनलाईन साथी’ नेपाल भरिनै सेवा दिइरहेको इ–कमर्स कम्पनी हो । उक्त कम्पनीमार्फत अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट,लत्ता कपडा,कस्मेटिक्स,किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here