फोन भिजेको वा पानीमा खसेको अवस्थामा तपाईंको पहिलो काम के हुन्छ भने यदि तपाईंको स्मार्टफोन अन छ भने अफ गरिदिनुहोस् । बन्द गरिसकेपछि कुनै पनि बटन दबाउने वा अन गर्ने कोसिस नगर्नुहोस् । यसो गर्दा फोनमा सर्ट सर्किटको खतरा टर्नेछ ।

यदि तपाईंसँग पुरानो फोन छ र त्यसमा ब्याट्री झिक्न मिल्ने सुविधा छ भने ब्याट्री, मेमोरी कार्ड र सिमकार्डलाई सजिलो गरि निकाल्नुहोस् । यदि फोनमा नन् रिमुभल ब्याट्री छ भने शर्ट हुने खतरा रहिरहन्छ ।

अब फोनलाई पंखाको मुनी वा हेयर ड्रायर (ब्लोअर) मार्फत सुखाउनु होस् । फोनमा देखिने पानीलाई कपडा वा पेपर न्याप्किनले पुछ्नुहोस् ।

यदि तपाईंसँग हेयर ड्रायर छैन भने फोनलाई सुक्खा चामलको बीचमा राख्नुहोस् । तर  चामलको गेडा हेडफोन ज्याकबाट भित्र जानसक्ने कुरामा ख्याल गर्नुहोस् । यसरी फोनलाई कम्तिमा २४ घण्टासम्म सुख्नका लागि छोडिदिनुहोस् । भिजेको फोन सुखाउने यो नै सबैभन्दा उपयोगी अनि सजिलो उपाय हो । टेकपाना डटकम

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here