घ्यालसुम्दो सेवा संस्था न्यूयोर्कले महासचिवमा छोन्जोम लामा, कोषाध्यक्षमा थुप्तेन सोपा र सेन्टुन लामालाई मनोनित गरेको छ ।

गत बुधबार बसेको कार्य समितिको बैठकले घ्यालसुम्दाे सेवा संस्था अमेरिकाको रिक्त रहेका तीन वटा पदपूर्ती गरेको हो । नबनियुक्त महासचिव छोन्जोम लामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) केन्द्रीय कार्यसमिति न्यूयोर्कको कोषाध्यक्ष पनि हुन् ।

अध्यक्षमा निमा ल्हमो, उपाध्यक्षमा गराब दोर्जे र सदस्यहरुमा निमा छिरिङ घले, शेराव हिराचन र कृष्ण गुरूङ निर्वाचित भएका थिए भने सल्लाहकारहरुमा पासाङ लामा, बुद्धि गुरुङ, मोहन पुनेल र कार्साङ लामा रहेका थिए ।

Balloon Nepal बाँकी रहेका रिक्त पदहरु भने बुधबारको बैठकले पदपुर्ती गरेको संस्थामा निवर्तमान अध्यक्ष छिरिङ राप्के लामाले बताए ।

घ्यालसुम्दो सेवा संस्था अमेरिकामा १६ वर्षअघि स्थापना भएको सामाजिक संस्था हो ।

यसले स्थापना कालदेखि नै सामाजिक काम गर्दै आएको छ । स्थापना कालदेखि नै यो संस्थाले नेपाल र अमेरिकामा रहेका नेपाली र अन्यका लागि पनि सहयोग गर्दै आएको अध्यक्ष निमा ल्हमोले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here