चौदण्डीगढी । तस्विरः एलिना राई चाम्लिङ रिगालुङमाबाट

– मनी बान्तावा राई

कुनै पनि कुराकाे बैज्ञानिक अनुसन्धान नगरी आफ्नै इच्छाले वकालत गर्नु भनेकाे कि त मुर्ख बनिन्छ या बढी जान्ने । तर भित्रीरुपमा खाेक्राे यदि, जाने र बुझ्ने इच्छा भए कि त बुद्धिजीवीहरुकाे कुरा सुन्नु या अध्ययन गर्नु नै उचित देखिन्छ । या त्यो व्यक्ति कुनै अध्ययनशील या इतिकार हुनुपर्याे । अनि मात्र उसले बाेलेका कुराहरुमा केही सत्यता हाेला ।

यसपटकको जनगणनामा हामीले राई लेख्नुपर्दछ । यसकाे अभियान पनि किरात राई यायाेक्खा, किरात राई विद्यार्थी संघ जस्ता संस्थाहरुकाे प्रयास जारी छ । साथै धेरैले यही कुरामा सहमत दिएका छन् । राई समुदायका केही व्यक्तिहरु राईकाे सट्टामा किरात लेख्नुपर्छ भनेर टीका टिप्पणी गरेकाे पाइन्छ । तर किरात के हाे भने कुराका पहिला अध्ययन गर्नु जरुरी देखिन्छ । किरातमा काे-काे पर्छ भन्ने कुराकाे ज्ञान हुनु पर्याे ।

राई शब्द पृथ्वीनारायण शाहले दिएकाे पदवी नभई एक विशिष्ट ऐतिहासिक जातिका रुपमा रहेकाे कुरा बढी बैज्ञानिक र तार्किक देखिन्छ । पृथ्वीनारायण शाहकाे आधुनिक नेपाल एकीकरणकाे समयमा युद्ध गर्ने राजा रजाैटाहरु स्वयम् राईहरु नै थिए । स्वयम् राईहरु पृथ्वीनारायण शाहसँग लडेकाे प्रमाणहरु इतिहासमा अमिट साक्षीहरु छन् ।

मनी बान्तावा राई

राई शब्दकाे निकै पुरानो राजा अथवा राजाकाे वंशका मानिसकाे अर्थ बुझाउनमा भएकाे देखिन्छ । पृथ्वीनारायण शाहकाे एकीकरणभन्दा धेरै बर्ष अघिदेखि नै शुरु भएकाे पाइन्छ । जस्तो वल्लाेकिरात चाैकाेट धुलिखेल राज्यकाे राजा महेन्दसिंह राई, माझकिरातका अटल राई, चतिन राई, पल्लोकिरातका जयकर्ण राई माेरङ बिजयपुरका राजा बुद्धिकर्ण राई आदि ।

इतिहासमा लेखिए अनुसार ऐतिहासिक घटनाक्रमकाे दुष्टिबाट ‘राई शब्द ‘राय’ शब्दको अपभ्रंश हाे । र, राय शब्द ‘राजा’काे अपभ्रंश हाे । अर्थात् `राजा´बाट राय र रायबाट राई भएकाे बुझिन्छ । राई शब्दको प्रयाेग वा उत्पति तीन प्रकारमा इतिहासमा पढ्न पाइन्छ ।

१. पहिलाे राजा वा राजाकाे वंश
२. पदवी
३. जाति वा जात समूह ।

यी तीनमा बढी इतिहासमा १ र ३ काे इतिहासमा पढ्न पाइन्छ भने २ (पदवी) नम्बरकाे तेस्रो व्यक्ति जाे बिना प्रमाण बाेल्ने गर्छ ।

राई जातिका बारेमा केही लेखकका भनाइः

चाल्स मक्दाैगल- नेपालकाे पूर्वी पहाडी क्षेत्रमा सामूहिक रुपमा `राई´ भनेर चिनिएका मंगाेलियन समूहका थुप्रै जाति समूह बस्दछन् जाे तिब्बत बर्मेली परिवारसँग सम्बन्धित एक आपसमा नबुझिने तर घनिष्ठ सम्बन्ध भएका भाषा बाेल्छन् । राईहरु त्यसक्षेत्रमा सबभन्दा महत्त्वपूर्ण र सायद सबैभन्दा पुरानो जाति समूहमा पर्दछन्।

ख्याल गर्नुपर्ने कुराे चाैदण्डीका अन्तिम प्रधानमन्त्री अगमसिंह नाम गरेका एक चाम्लिङ राई थिए ।
सामलिङ वालाली- आजभन्दा ४००० (चार हजार) बर्षभन्दा पहिले अर्थात् इ.पू. २००० (बर्षभन्दा पहिलेदेखि) चाम्लिङ बाेनताेवा/बान्तावा तथा अन्य राईहरु यस क्षेत्रमा बसाेबास गर्दै आएका हुन् । आज भन्दा २०६ बर्षअघिसम्म याे क्षेत्रमा राईहरुकाे आफ्नै स्वतन्त्र राज्य थियाे ।

धुलिखेल अन्तगर्त किराती छाप नामकाे गाउँकै छेउमा महेन्द्रसिंह राई नामका एक वीर राजाले राज्य गर्थे । उनका मन्त्री सहयोगी नामसिंह राई थियाे भने कुराे पाइन्छ ।

खाेटाङ, मझुवागढीमा गाेर्खाका राजा पृथ्वीनारायण शाहका सेनासँग लड्ने रणवीर राई नै थिए । उनकाे सन्तानहरु अझै मझुवागढीमा भेटिन्छ । ढुंगाकाे शिलालेखमा देख्न पाइन्छ । हतुवागढीमा पृथ्वीनारायणका सेनासँग लड्ने राजा पनि वालिङहाङ बान्तावा राई नै थिए । आज उसकै वंशहरु खाेटाङकाे बाेपुङमा पाइन्छ भने धनुकटा, मैनामैनी आदि स्थानमा बसाेबास गरेकाे पाइन्छ ।

खाेजतलास बुद्धिजीवीहरुकाे कुराबाट यी घटनाक्रमहरुबाट थाहा हुन्छ । राईहरु वास्तविक राई नै थिए । कसैले दिएकाे दान हाेइन । कुनै लेखकहरुले ठाेकुवा दिएर लेखेका छन् । राई शब्दलाई जातीय पहिचान अलवा एक पदवीकाे रुपमा लिनु त्यति उपयुक्तसँगत एवम् तार्किक नदेखिएला । राई शब्द बढी पहिचानसँग जाेडिएकाे हुनाले याे अपरिवर्तनशील छ । किनकि, राईकाे आफ्नै सामाजिक तथा सांस्कृतिक इतिहास र विरासत छ । सृष्टिको उत्पत्ति र विकासकाे व्याख्या गर्ने आफ्नै परम्परागत मुन्दुमी ज्ञान छ । राई आफैमा एउटा जातीय पहिचान हाे ।

मैले याे लेख विभिन्न लेखकहरुकाबाट लिएकाे हुँ । बुद्धिजीवी किराती राईहरुसँग पनि छलफल गरेकाे छु । कुनै कुराे मेराे गाेजीकाे सम्झेर लेख्नु वा बाेल्नु भन्दा बुझेर लेख्दा बाेल्दा राम्रो हाेला, भाेलि अनावश्यक कुराहरु लेखेर बाेलेर आफ्नो जातीयतालाई असर पर्नेछ साेचाै बुझाै कसैले फाइदा पनि लिन सक्ला ।

यो लेख मनी बान्तावा राईले लेख्नुभएको र ज्ञान बायुङले फेसबुकमा सेयर गर्नुभएकोले यसअघि लेखकको नाम फरक पर्न गएकोमा सच्याइएको छ । सं

2 COMMENTS

  1. “RAI !” JATIWALA BIDDWAN LEKHAK JYU LE KATHIT “RAI !” JATIBARE SARASAR JHUTO LEKHIBAKSINU BHA’6 HAI ! KINBHANE, CHARLES McDOGLES LE ”RAI WAS/IS A HEAD OF CLAN” BHANER BYAKHYA PANI GAREKA/LEKHEKA 6AN. KINKI UNLE HAMRO/KULUNG JATIKO BAREMA LEKHEKA HUN.
    ARKO BHANEKO KATHIT “RAI !” JATINAI HO BHANE, “RAI !” JATIKO BANGSHAWALI 6 TA ? 6 BHANE UNIHARUKO PURKH/BANGSHAWALIBARE PANI AAGAMI ANKA LEKHNUHOLA, BIDDWAN LEKHAK JYU ! JASTO KULUNG JATIKO BANSHAWALIMACHAHI RAI ! KATAI PANI JODIYER AAYEKO 6AIN. BAYUNG ASALIYATMA BAHING KO BANSHAWALIMA RAI ! BHAYE THAHA BHAYEN.
    OLONUWA KE BIDDWAN LEKHAK JYU !

  2. ARKO BHANEKO
    सार्वजनिक ONLINE LE “हामी स्वतन्त्र, निष्पक्ष र इमान्दार पत्रकारिताको अभ्यास गर्नेछौं … BHANI AAFNO PRATBADDHATA … GAREKO BHAYE PANI YO “KEHINAJANNE KULUNGE DHAKRE” LE BASTABMA “RAI !” KE HO TA ??? BHANI LEKHER ‘SAर्वजनिक डटकम’MA PATHAYEKO LEKH 6APDAIN !
    BARU TAPAIHARU JASTO JE SUKAI KARANLE HOS “RAI !” JATINAI HO !? BHANNE RAI ! JATIWALA BIDDWAN LEKHAK JYU ! HARUKO LEKH/BICHAR BHANE FACEBOOK BAT TANER BHAYEPANI 6AP6AN ! …………..

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here