नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित प्रेस ब्रिफिङमा थप ५२५ जनामा कोरोना देखिएको बताए ।

विहीबार ९८५९ जनाको पीसीआर परीक्षण गरिएकामा ५२५ जनामा कोरोना देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०९ जना कोरोनाका विरामी अस्पतालबाट निको भएर घर फर्केका छन् । निको हुनेहरुको संख्या १६८३७ पुगेको छ । तर, निको हुनेहरु भन्दा संक्रमित हुनेहरुको संख्या बढी देखिदै आएको छ ।

हाल देशभर ८०२५ जना कोरोनाका सक्रिय संक्रमित छन् । क्वारेन्टिनमा रहनेहरुको संख्या १४७६९ छ । मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here