निरहु यादव

गत साउन २४ गते चिया पोखेर घाइते भएकी बलिकाको तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारको क्रममा मृत्यु भयाे । त्यसपश्चात पीडित पक्षले अस्पतालको इमर्जेन्सी वार्डका कर्मचारीको लापरबाहीका कारण बलिकाको मृत्यु भएको भन्दै बालिकाको शवसहित प्रदर्शन गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिले माग गरेका थिए ।

स्थिति सामान्य पार्दै जिल्ला प्रशासन कार्यालयले त्यस घटनाको छानबिनको लागि समिति बनाएको थियो । त्यसै घटनाको सम्बन्धमा आज बिहीबार अस्पतालका कर्मचारीहरूले एक प्रेस बिज्ञप्ति जारी गरेका छन् ।

जसमा अस्पताल र अस्पतालको कर्मचारीमाथि लगाइएको सम्पूर्ण आरोपको खण्डन गरिएको छ । अरोप खण्डन गर्नुका साथै अस्पतालको कर्मचारीमाथि मृतक बालिकाको पक्षबाट  हातपात एवम् दुव्र्यवहार भएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालको सीसीटिभी क्यामरामा अस्पतालका कर्मचारीमाथि हातपात भएको देखिएको छ । स्थलगत निरीक्षणको क्रममा प्रमुख जिल्ला अधिकारीलाइ सीसीटिभी फुटेज देखाउँदा आफूहरुमाथि हातपात गरिएकाे प्रष्ट देखिएता पनि अझै कारबाही नभएको भन्दै गुनासो गरिएको छ ।

मेडिकल, प्यारामेडिक लगायत अन्य कर्मचारी असुरक्षित भएपछि त्यहाँबाट भागेको बताइएको छ भने हातपात गर्नेलाइ कारबाही गर्न अस्पतालका कर्मचारीले मौखिक एवम् लिखित निवेदन दिइसक्दा पनि प्रशासनले दोषीलाइ कारबाही नगरे आफूहरु आन्दोलन गर्न बाध्य हुने जनाइएको छ ।

यसका साथै कोरोना महामारीका बीच दिनरात जोखिम मोलेर खटेका अस्पतालका कर्मचारीको सुरक्षा प्रत्याभूति नभएसम्म अतिआवश्यक इमर्जेन्सी सेवा बाहेक अन्य सेवा सुबिधा दिन नसक्ने निर्णय गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा उनीहरुको माग पुरा नभएको खण्डमा थप आन्दोलित भइ सामूहिक राजीनामा दिनेसम्मको चेतावनी दिइएको छ । बिज्ञप्तिमा मृत्यु भएकी बालिकाप्रति दुःख व्यक्त गरिएको छ भने विज्ञप्ति कपिलवस्तु अस्पतालको लेटर हेडमा अस्पतालका सम्पूर्ण कर्मचारीको तर्फबाट भनी उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here