खान पुग्ने तलब छ, जागिर सरकारी छ ।
गाउँमा पनि भन्छन्, फलानो कर्मचारी छ ।।

आमा, कसैले मेरो चरित्र सोधिहाल्यो भने ।
भन्दिनू छोरा त सरकारको बफादारी छ ।।

मेरो याद आयो भने युद्ध मैदानमै खोज्नू ।
म लड्छु जहाँ, त्यहाँ रोगको महामारी छ ।।

प्रहरी भएर देशबासी बचाउनु मेरो कर्तब्य हो ।
त्यसैले, ब्याक्टेरिया भाइरससँग जुहारी छ ।।

सेवा र धर्मकै खातिर यो पेसा रोजेको हुँ ।
पेट पाल्नकै लागि त आफ्नाे खेतबारी छ ।।

–सरस्वती गुरुङ
२८ साउन, २०७७
कटारी, उदयपुर । हाल साइप्रस

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here