अर्घाखाँचीमा जनता समाजवादी पार्टी (जसपा)ले संगठन विस्तार गरेकाे छ ।

अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिकामा वडास्तरीय समिति गठन गरिएको छ । नगरपालिकाको वडा नं ६ मा तुलसा फुङजाली मगरको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।

पार्टीको जिल्ला समन्वय समितिको आयोजना र जिल्ला उपाध्यक्ष टुकबहादुर चेवालीमगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टीका नेता टोपबहादुर बलालमगर थिए ।

जिल्ला समन्वय समिति सचिव जेबी दर्लामीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस र नेकपाका २० जना जसपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बलालमगरले पार्टीको राजनीतिक र वैचारिक रुपमा आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here