कार्टुनमा प्याक गरेको अवस्थामा कपनको चौरमा अलपत्र फेलापरेको भनिएको शिशु आमाकै सहमतिमा बालगृहको जिम्मा लगाइएको खुलेको छ । प्रहरी र राष्ट्रिय बाल परिषद्को अनुसन्धानबाट आप्रवासी कामदार महिला समूह (अम्कास)ले कपनस्थित केयर बालगृहलाई शिशु जिम्मा लगाएको पत्ता लागेको हो ।

गत १२ साउनमा कार्टुनमा प्याक गरिएको शिशु चौरमा फेलापारेको भन्दै केयर बालगृहकै एक बोर्ड सदस्यले फेसबुकमा फोटो हालेपछि सामाजिक सञ्जालमा भइरल भएको थियो । त्यसलगत्तै शिशुका लागि देशविदेशबाट सहयोगसमेत संकलन भएको छ । तर, अम्कासकी कार्यक्रम संयोजक जमुना गिरीले १२ साउनमा बालगृहकी सञ्चालिका पुष्पा अधिकारीलाई शिशु जिम्मा लगाएको अनुसन्धानबाट खुलेको छ । बाल परिषद्की कार्यक्रम व्यवस्थापक नमुना भुसालका अनुसार शिशु हस्तान्तरण गर्दा दुई पक्षबीच लिखित सम्झौतासमेत भएको थियो ।

‘कार्टुनमा पोको पारिएको अवस्थामा शिशु फेलापरेको खबर पाउना साथ हाम्रो टोली घटनास्थलमा पठाएका थियौँ । प्रहरीको सहयोगमा अनुसन्धान पनि भयो । उक्त शिशु सामाजिक सञ्जालमा भनिएझैँ बालगृहले फेलापरेको होइन । अम्कासले बालगृहलाई जिम्मा लगाएको रहेछ । त्यसका कागजातसमेत फेलापरेका छन्,’ भुसालले नयाँ पत्रिकासँग भनिन् । याे खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here