पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

मंगलबार काठमाडौंका ४८, ललितपुरका १ र भक्तपुरका १३ जना गरी कूल ६२ जनालाई कोरोना लागेको पुष्टि भएको हो । यो तथ्यांक आएपछि काठमाडौंमा खतराको घण्टी जोडले बज्न थालेको छ ।

काठमाडौ उपत्यकाभित्र अब कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ । जसमध्ये सबभन्दा बढी काठमाडौ जिल्लाभित्रकै छन् ।

सरकारले लकडाउन खुकुलो पारेपछि उपत्यका भित्रिनेहरुको संख्यामा बढेको थियो । उपत्यकाभित्र मास्क विना हिड्ने, सामाजिक दुरी पालना नगर्ने, साबुनपानीले हात धुने जस्ता सचेतना अपनाउने कार्यमा पनि कमजोर देखिएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here