गण्डकी प्रदेशभरिको बाढीपहिरो पीडितहरुको घर प्रदेश सरकारले बनाइदिने भएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशभरिको बाढीपहिरो पीडित जनताको घर प्रदेश सरकारले बनाइदिने बताएका हुन् ।

सोमबार लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो प्रभावितलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।

उनले लमजुङलगायत प्रदेशका विभिन्न जिल्लामा बाढीपहिराले मानवीय नोक्सानसहित घर भत्किएका परिवारको घर प्रदेश सरकारले बनाइदिने बताए ।

बाढीपहिरोका कारण प्रदेशभरि करिब ५०० घर बनाउनुपर्ने बताइएको छ ।

बाढीपहिरा पीडितको घर निर्माणका लागि संघीय सरकारले भूकम्प पीडित सरह राहतस्वरुप तीन लाख उपलब्ध गर्ने निर्णय गरिसकेको र यसबाहेक आवश्यक रकम प्रदेश सरकारले थपेर घर निर्माण गर्ने मुख्यमन्त्री गुरुङले बताए ।
उनले भने, ‘सुरक्षित स्थानमा प्रदेश सरकारले घर निर्माण गर्नेछ भूकम्पको जस्तो आवास पुनःनिर्माणमा ढिलाइ हँुदैन ।’

सबै घरहरू निर्माण सम्पन्न हुनका लागि कम्तिमा साढे दुई वर्षदेखि तीन वर्ष लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here