लकडाउन हटेसँगै मनोरञ्जन क्षेत्रका गतिविधि बढ्न थालेको छ । हाल विभिन्न म्युजिक भिडियोहरु निर्माण तथा सार्वजनिक भइरहेका छन् ।

यही क्रममा सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा टेलिफिल्म सम्बन्धको छायाँकन सुरु गरिएको छ । टेलिफिल्म पारिवारिक हो । जसमा शिशिर राणा, सपना श्रेष्ठ, हर्षिका श्रेष्ठ, पुस्कर राउत, अस्मिता जुरेली, श्रेया दुलाल, प्रदिप गिरी, सुरेश क्षेत्री लगायतले अभिनय गरिरहेका छन् ।

काठमाडौंका विभिन्न स्थानमा छायाँकन भइरहेको टेलिफिल्म रामेश्वर हुँमागाईको छायाँंकन, विकास चौधरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र उषा मलहको गायन छ । रवि केसी निर्माता रहेको टेलिफिल्मको प्रस्तुतकर्ता करुणा आचार्य हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here