ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको तिम्बुङ पोखरी संरक्षण गर्नका लागि ६ सदस्यीय ‘संयोजन समिति’ निर्माण गरिएको छ ।

याक्थुङ लिम्बुहरुले तिम्बुङ पोखरीलाई तिम्मक वरक पनि भन्छन् । तर पछिल्लो समय सरकारको तर्पmबाट उक्त पोखरीको नाम विष्णु पोखरी बनाउने प्रयास गरिएको छ । जहाँ भगवान् विष्णुको मन्दिरसमेत निर्माण गरिएको छ ।

लिम्बुहरुको मुन्धुममा वर्णन गरिएको तिम्बुङ नामलाई सांस्कृतिक अतिक्रमण गरी विष्णु पोखरी बनाउन खोजिएपछि लिम्बूजन्य संस्थाका अगुवा तथा आदिवासी जनजातिहरुले विरोध गरिरहेका छन् ।

लिम्बुहरुको मुन्धुमीस्थलहरुको अतिक्रमण हुँदै गएपछि सोविरुद्ध संघर्ष गर्न बेघा थोवोजुम संचुम्भाको अध्यक्ष मछिन्द्र बेघाको संयोजकत्वमा संयोजन समिति निर्माण गरिएको हो ।

जसमा माङ्मु समाजका अध्यक्ष नरबहादुर माङ्मु, दिलेन्द्र कुरुम्बाङ, राजेन्द्र जबेगु, टंक सेलिङ र संजिव योङ्या सदस्य छन् ।

समितिले तिम्मक वरक वरपरका थरगत र लिम्बुजन्य संस्थाहरुलाई संयोजन गरेर तिम्मक वरक र समुदायको प्रथाजनित भूमि संरक्षणका लागि समिति बनाउन आवश्यक पहल गर्नेछन् ।

पहिचानसहितको संघीय प्रदेशको पक्षमा लडिरहेका आदिवासी जनजातिहरुले पहिचान झल्कने प्रदेश र प्रदेश संरचना पनि पाएनन् । उल्टै आदिवासीजन्य नाम र स्थलहरु मेटाउने काम राज्य पक्षबाट भइरहेको उनीहरुको बुझाई छ । प्रदेश १ अन्तर्गतका विभिन्न आदिवासीजन्य स्थलहरुलाई तोडमोड गर्ने काम भइरहेको छ । यसको एउटा उदाहरण तिम्बुङ पोखरी पनि हो । राम मादेनकाे सहयाेगमा

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here