भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गरेकी छन् ।

आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिएकी छन् ।

आइतवार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिएकी थिइन् ।

मन्त्री अर्यालले छिटोभन्दा छिटो काम अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई निर्देशन दिइन् । ‘जुन उद्देश्यका साथ आयोग गठन भएको हो । त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडी बढाउनुस्’, मन्त्री अर्यालले भनिन्,‘यो काम छिटो अगाडि बढाउनुपर्छ । तपाईहरु त्यसका लाग्नुस् ।’

मन्त्री अर्यालले आयोगले आयोगले समयमै आफ्नो काम सम्पन्न गर्नेगरी अगाडि बढ्नुपर्ने समेत बताइन् । देशभरका भूमिहिन, सुकुम्बासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले यो महत्वपुर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here