जनता समाजवादी पार्टी कर्णाली प्रदेश समितिले बाढी-पहिरोले ज्यान गुमाएकाे व्यक्तिको परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

समितिका इन्चार्ज राजन केसीले हालै एक विज्ञप्ति निकाली उक्त माग गरेका हुन् ।

पश्चिम रुकुम, कालिकोट लगायत जिल्लामा बाढी-पहिरोका कारण करिब डेढ दर्जन मानिसको मृत्यु भएकाेले मृतक परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरिएको हो ।

समितिले बाढी-पहिरोका कारण घरबारविहीन भएकाहरुलाई तत्काल पुनर्वासको व्यवस्था गर्न तथा प्रकोपको जोखिममा रहेका बस्तीहरुको पहिचान गरी स्थानान्तरण गर्न समेत माग गरेको छ ।

नेपाल जस्तो भूबनोट भएको देशमा वर्षायाममा बाढी-पहिरो जानु स्वभाविक भए पनि धनजनको क्षति न्यूनीकरणका लागि सरकारको तर्फबाट पूर्वतयारी नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

बाढी-पहिरोले जनता अप्ठेरो परिस्थितिमा रहेको भए पनि संघीय, प्रदेश र स्थानीय सरकारहरुले पीडित जनताको उद्धार गरी राहत दिन नसकेको समितिको ठहर छ ।

समितिका इन्चार्ज केसीले बाढी-पहिरो पीडित जनताको उद्धार र राहत कार्यमा आफूहरु सरकारसँग हातेमालो गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here