तस्बिर, कट्टेलबाट ।

पत्रकारको हैसियतले जुनसुकै समयमा कार्यलय पुग्दा पनि श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेलले लोलोपोतो घस्दैनन् थिए । चिया खान्थे सोध्दैनन् थिए । आफ्नै ब्यागमा राखेको टोस्ट झिकेर प्रायः खाजा खान्थे क्यारे, म पुगेका दिन चिया र टोस्ट नै खाएको देख्थें ।

उनी र अरु कार्यालय हाकिममा फरक थियो–अरुले लोलोपोतो घसेर चिया खुवाउँथे, पानी सोध्थे तर सूचना दिदैन थिए । उनले न चिया सोध्थे न त पानी । तर सूचना भएभरको दिएर पठाउँथे । यतिसम्मकी हरेक निर्णय उनले केहि नभए आफ्नै फेसबुक पेजमा अपलोड गर्थे ।

आज दुई करारका महिला कर्मचारीले प्वाक्क–प्वाक्क लगाएछन् । तर, उनलाई कुटेर केहि भएन किन की योजना उनलाई सक्ने लाइनमा थियो । केही महिना अगाडि उनले प्रधानमन्त्रीलाई एउटा पत्र लेखेर पठाएका थिए, पत्रमा भनिएको थियो–सरकारको सेवा लिन आएका नागरिक दलालको पञ्जामा किन पार्ने ? बैदेशिक रोजगारीमा जान चाहने सेवाग्राहीले दलालसँग भराउने फर्म सरकारकै कर्मचारीले भरिदिनुपर्ने अनिवार्य नियम र प्रवन्ध मिलाउन अनुरोध गर्दछु ।

त्यसपछि उनी विरुद्ध निक्कै घेराबन्दी सुरु भईसकेको थियो । धन्न बालबाल बचेछन् । बोलि रुखो भएका प्रेम सञ्जेल दुःख पाएर आएका सेवाग्राहीका लागि राम्रा थिए ।

उनले दलाल चाँहि निक्कै चाँडो चिन्थे र तर्किन्थे । देश कुम्ल्याउनेहरुको भीडले लिड गरेको छ, त्यसैले राम्रा मान्छे सबै खराबमा गणना हुन्छन् र उल्टै दलाल गनिन्छन् । नवराज कट्टेलकाे फेसबुकबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here