पहिचान सहितको संघीयता, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता अग्रगामी राजनीतिक एजेण्डा बोकेर निर्माण भएको जनता समाजवादी पार्टी (जसपा)प्रति देशभरका अग्रगमन पक्षधर जनता संगठित हुन थालेका छन् ।

शनिबार गोरखामा नेकपा र कांग्रेसमा रहेका तर अग्रगमन र परिवर्तन चाहने एक दर्जनभन्दा बढी युवाहरु जसपामा प्रवेश गरेका छन् ।

जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
जसपाको नीति तथा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रमकै बिचमा कांग्रेस र नेकपाका युवाहरु जपसामा प्रवेश गरेका हुन् ।

गोरखाको भिमसेन थापा गाउँपालिका र र आरुघाट गाउँपालिकाका एक दर्जन युवाहरु जसपामा प्रवेश गरेको डा. भट्टराईले बताएका छन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here