पाथिभरा हटाएर मुकुमलुङ नाम स्थापनाबारे शनिबार झापाकाे बिर्तामोडमा लिम्बुवान स्प्रिङ आन्दोलनले बहस कार्यक्रम गरेकाे छ ।

लिम्बुवान स्प्रिङ आन्दोलनका संघर्ष समिति संयोजक इक्साहाङ चेम्जोङको अध्यक्षतामा भएको उक्त बहस भेलामा प्रमुख अतिथि संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रिय अध्यक्ष सन्जुहाङ पालुङ्वा थिए । उनले आफुले थाहा पाएदेखि मुक्तो कुक्मा/मुकुमलुङ नै नाम रहेको र पछिल्लो समयमा दमनकारी राज्यसत्ताले जबर्जस्ती पाथिभरा बनाएको बताए ।

उनले पाथीभरा नाम स्वीकार नगरिने भन्दै तुरुन्त नसच्याए कडा संघर्ष गर्ने बताए । त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, संघीय लिम्बुवान मंच नेपालका उपध्यक्ष ज्ञानुहाङ इम्बुङले पन्चायती ब्यवस्थाको जस्तो मात्र नभएर अहिलेका याक्थुङ्बाहरुको चेतना धेरै अगाडि बढिसकेकोले अब उप्रान्त यस्ता हस्तक्षेप नगर्न र गरे भयानक सामना ब्येहोर्न सरकारलाई चेतावनी दिए ।

रंगकवी धर्मेन्द्र नेम्बाङले मुकुम्लुङ याक्थुङ्बाहरुको माङ्गेना चोत्लुङ मध्येकै एक रहेकोले यसको अस्तित्वमाथि खेलवाड गर्नु भनेको सिंगो याक्थुङ सामुदायमामाथि अपहेलना गर्नु हाे भने । त्यसैले यस्तो हर्कत नगर्न राज्यसत्तालाई उनले आग्रह गरे ।

त्यसैगरी मुन्धुमविद आरबी पालुङ्वाले मुकुमलुङ याक्थुङ्बाहरुको प्रत्येक मुन्धुममा वर्णित भएर आउने भएकोले यो पाथिभरा नभएर मुकुम्लुङ नै भएको बताए ।

किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष भक्त खेवाङ, लाजेहाङ साम्यु, एलबी पालुङ्वा, निश्चलता लावती, रमेश तुम्रोक, प्रेमदिप थाम्सुहाङ, नन्दुभाइ मेन्याङ्बो लगायतले विकासकाे नाममा रैथाने तथा सिंगो याक्थुङ जातिको आस्थाको धरोहर मुकुम्लुङको प्रकृतिक सौन्दर्य नष्ट गरेमा जुनसुकै किसिमको आन्दोलन गर्न तयार रहेको बताए ।

लिम्बुवान स्प्रिङ आन्दोलनका सक्रिय सदस्य पुष्पहाङ लोवाले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रम बिर्तामोडको बसपार्कस्थित राँके होटलमा भएकाे थियाे जसकाे प्रायाेजन डिल्ली मावोले गरेका हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here