नेपाली कांग्रेसका भातृ संगठनको म्याद ६ महिनाका लागि थप गरिएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने ग री ६ महिना म्याद थप गरिएको हो ।

पौडेलले विज्ञप्ति निकाली भनेका छन्, ‘आगामी केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिले ६ महिनाका लागि निर्देशानुसार म्याद थपिएको छ ।’

कांग्रेस भातृ संगठन नेपाल दरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here