ज्येष्ठ नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती गरिएकोविरुद्धमा गेसोले ११ सदस्यीय गोर्खा भूतपूर्व सैनिक संघर्ष समिति गठन गरेको छ ।

सरकारले बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसबाट पेन्सन लिनेहरुलाई भत्ता नदिने निर्णय गरेपछि सोविरुद्ध संघर्ष गर्नका लागि समिति बनाइएको हो ।

गेसोका सभापति कृष्णकुमार राईको संयोजकत्वमा नै समिति बनाइएको छ । जसमा बेलायती सेना, भारतीय सेना र सिंगापुर पुलिसका अवकाशप्राप्त व्यक्तिहरु संलग्न छन् ।

आफूहरु पनि नेपालकै नागरिक भए पनि सामाजिक सुरक्षा भत्ता कटौती गरेर आफूहरुमाथि सरकारले विभेदको नीति लिएको उनीहरुको जिकिर छ ।

उनीहरुले गत साउन ५ गते सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरी १५ दिनभित्रमा लिखित जवाफ लिएर उपस्थित हुन आदेश दिएको थियो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here