मुस्लिम समुदायको महान् पर्व बकर इद् (ईद उल अजहा) को अवसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेश तथा विदेशमा रहेका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

पूूर्वप्रधानमन्त्री समेत रहेका दाहालले आज शुभकामना पत्र निकाल्दै नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश हो भनेका छन् ।

शुभकामनापत्रमा भनिएको छ, ‘विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै सांस्कृतिक विविधता हो ।’

अध्यक्ष दाहालले पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।

‘नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेका हुन्,’ दाहालले भनेका छन्, ‘जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण नै हो । यसको पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै बकर इद् पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here