जनता समाजवादी पार्टीका सांसद प्रदिप यादवलाई कोरोना भाइरस संक्रमण भएको छ । सांसद यादवले आफूलाई कोरोना भाइरस संक्रमण भएको फेसबुकमार्फत जानकारी गराएका छन् ।

शुक्रबार उनले लेखेका छन्, ‘मैले आफ्नाे पिसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । म आफ्नै घरमा आइसोलेशनमा बसिरहेको छु ।’

कोरोना भाइरसका कारण गरिएको लकडाउनमा पनि क्रियाशिल रहँदै आएका सांसद यादवले कोरोना भाइरसको जोखिमबाट बच्न मास्कको प्रयोग गर्न तथा सामाजिक दुरी कायम गर्न सुझाव दिएका छन् ।

उनले आपूm चाडै निको हुने र पुनः जनताको काममा फर्कने उल्लेख गरेका छन् ।

फेसबुकमा उनले विरगंजमा कोरोना संक्रमण जोखिम बढेकोले आवश्यक भेन्टिलेटर र विज्ञ टोली खटाउन सरकारसँग अनुरोध गरेको र सरकारको तर्फबाट सकारात्मक जवाफ आएको समेत उल्लेख गरेका छन् ।

यादव पर्सा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here