कोराेना भाइरसकाे कहरबीच नै नेपाली संगीतप्रेमीलाई मनोरंजन प्रदान गर्न गायक नितिन गजुरेलले ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

लभ रोमाण्टिक भर्सनको  यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ।  गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका हुन्।  चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो ।

लामो समयदेखि  गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’ , ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु  सार्वजनिक गरिसकेका छन्। यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here