नेपालमा थप २२४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोभिड–१९ पुष्टि भएको बताए ।

यो सँगै नेपालमा संक्रमितको संख्या १९७७१ पुगेको छ । मृतकको संख्या पनि बढेर ५६ पुगेको छ । तर पछिल्लो २४ घण्टामा १५१ जना संक्रमित निको पनि भएका छन् ।

हालसम्म निको भएर घर फर्कनेहरुको संख्या १४३९९ पुगेको छ । हाल देशभर १२१११ क्वारेन्टिनमा छन् भने ५३१६ जना आइसोलेशनमा छन् ।

आइसोलेशनमा रहेकाहरु कोभिड १९ को सक्रिय केस हुन् ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here