लकडाउनकै बिचमा नेकपा, नेपाली कांग्रेस र राप्रपा परित्याग गरी करिब ३०० जना नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

विहीबार सिरहामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपाका नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

नेकपाका पूर्व केन्द्रीय सदस्य अविराम थापा, राप्रपा नेता तथा सिरहा जिल्लाका पूर्व उपसभापति बद्री शाही, नेकपाका पुरानो नेता श्रीप्रसाद यादव, पूर्व अञ्चल सदस्य भरतबहादुर खड्का लगायत नेताहरु कार्यकर्तासहित जसपामा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेताहरुले मुखमा मास्क र हातमा पञ्जा लगाएका थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here