लकडाउन खोलेपछि देशको राजधानी काठमाडौं उपत्यकाबासीमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएको छ । काठमाडौंमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्न थालेको छ ।

विहीबार काठमाडौंमा ४१, ललितर र भक्तपुरमा २÷२ गरी ४५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर कूल २७४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको बताए ।

सरकारले लकडाउन खोलेपछि उपत्यकामा मानिसको भिड लाग्न थालेको छ । सडकमा सधैभैm ट्राफिक जाम समेत हुन थालेको छ भने मानिसहरु खुलमखुला हिडडुल गरिरहेका छन् ।

उपत्यकामा विभिन्न जिल्लाका मानिसहरु महत्वपूर्ण काम भन्दै जिल्ला प्रशासनबाट पास बनाएर प्रवेश गरिरहेका छन् । उपत्यका प्रवेश गर्ने नाकामा सरकारले चेकजाँच गर्ने गरेको भए पनि प्रभावकारी छैन ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here