कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको बेला भिडभाड कम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ नियम बनाएको छ । उक्त नियम आगामी साउन १८ गतेदेखि लागू हुनेछ ।

नयाँ नियम अनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन् । नागरिकता प्रमाणपत्र लगायत सेवा लिन महानगरबासीले आइतबार कार्यालय जानुपर्ने छ ।

सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन् । बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुनः काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।

शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन् ।

शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबार बाहेक कार्यालय खुल्ने छ। त्यस्तै, सरकारी तथा आयोजना संगको छलफलका लागि पनि शनिबारबाहेक कार्यालय खुल्नेछ ।

प्रशासन कार्यालयले भीडभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घटबढ गरिने जनाएको छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here