काठमाडाैं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीले आफूविरुद्ध १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा दर्ता गरे पनि त्यसबाट आफू कति पनि नडराउने बताएकी छन् । मुद्दा नै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्यवहारबारे बोलेर गल्ती नगरेकोले उनले बताइन् ।

उनले भनिन्, ‘आफू काम गर्न जाने ठाउँमा सहज वातावरण होस् भन्ने सबैको अपेक्षा हुन्छ। मलाई भने डेब्यु फिल्मको सेटमै निर्मातामध्ये एक भुवन केसीले गर्ने व्यवहारले असहज बनाएको थियो । आफूले भोगेका दुर्व्यवहार र असहज परिस्थितिबारे बोलेर मैले गल्ती गरेकी छैन, १० करोडकै मुद्दा दिनुभएको छ तर म डराउँदिनँ ।’

साम्राज्ञीले विभिन्न पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमा आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले जिल्ला अदालत काठमाडौंमा १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा दर्ता गरेका थिए ।

केही समयअघि सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा भिडिओ पोस्ट गर्दै उनले आफूले काम गरेका आठ फिल्ममध्ये तीन वटामा नराम्रो अनुभव भोग्नुपरेको बताएकी थिइन् ।

आफूमाथि भएका दुर्व्यवहारका घटना बाहिर नल्याउन पटकपटक दबाव आउनुका साथै घटना सार्वजनिक गरे फिल्मी करिअर नै खत्तम पारी दिने डर समेत देखाइएको साम्राज्ञीकाे दाबी थियाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here