काठमाडौं । लकडाउनका कारण मजदुरहरु ठूलो संकटमा परिरहेको भए पनि सरकारले मजदुरहरुको समस्या समाधान गर्न चासो नदेखाएको भन्दै विभिन्न पार्टीनिकट ६ वटा ट्रेड युनियन महासंघ आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले आगामी साउन १६ गते काठमाडौंको माइतीघर मण्डलामा संयुक्त विरोध प्रदर्शन कार्यक्रम गर्ने भएका छन् ।
लकडाउनका कारण कतिपय कम्पनीहरुले मजदुरहरुलाई कामबाट निकालेको, काम गरेर खान नपाउदा मजदुरहरुले आत्मदाह र मृत्युवरणसम्म गर्नुपरेको अवस्था सिर्जना हुँदा समेत वर्तमान कम्युनिष्ट सरकारले मजदुरहरुको समस्या पहिचान गरी समाधान गर्नुको सट्टा धम्की, दमन र कारबाहीको नीति लिएकोमा ६ वटा मजदुर संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी गरेका हुन् ।

जनता समाजवादी पार्टीनिकट नेपाल समाजवादी ट्रेड युनियन महासंघ, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, माओवादी केन्द्रनिकट क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेकपा (माले)निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघ, नेकपा (संयुक्त)निकट नेपाल ट्रेड युनियन फेडेरेशन र स्वतन्त्र ट्रेड युनियन महासंघले संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनमा सहभागी हुन अपिल समेत गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here