काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को रिक्त रहेको एक समानुपातिक सांसदको ठाउँमा बुधबार लीलादेवी सिटौलाले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो प्रतिनिधिसभाको समानुपातिक सिटमा निर्वाचित सांसद सिटौलालाई सपथ ग्रहण गराएका हुन् ।

जनता समाजवादीले पार्टीको निर्णय विपरीत काम गरेपछि तत्कालिन सांसद सरिता गिरीलाई बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरा र लिपुलेकलाई अस्वीकार गर्दै देशविरुद्ध हुने गरी अभिव्यक्ति दिएकी थिइन् ।

लिम्पियाधुरा र लिपुलेक नेपालकै नक्सामा पर्ने गरी निशाना छाप लगायत संशोधन गर्नका लागि संसदमा प्रस्तुत संविधान संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गराएपछि जनता समाजवादीले गिरीलाई कारबाही गरेको थियो । पार्टीले समानुपातिक तर्फ निर्वाचन आयोगलाई बुझाएको बन्द सूचिमा सिटौलाको नाम थियो ।

सो पछि जनता समाजवादीको सिफारिस अनुसार निर्वाचन आयोगले सिटौलालाई निर्वाचित भएको घोषणा गरेको थियो ।
ललितपुर घर भएकी सिटौला जनता समाजवादीले उठाउँदै आएको पहिचानसहितको संघीयता, समानुपातिक समावेशी, धर्मनिरेपक्षता लगायत मुद्दामा खुलेर प्रष्टसँग विचार राख्दै आएकी नेतृ हुन् । सपथ ग्रहणपछि सिटौलाले आफू नेपाली माटो र नेपाली जनताप्रति कटिवद्ध भएर काम गर्ने बताएकी छन् ।

सिटौला सांसद भएपछि हाल कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत उनलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here