काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले पार्टी विग्रह रोक्नका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद मिलाउनका लागि नेता गौतमले प्रस्ताव ल्याएका हुन् । पार्टी फुटको संघारमा रहेको बेला पार्टी जोगाउनका लागि उपाध्यक्ष गौतमले सो प्रस्ताव ल्याएका हुन् ।

६ बुँदे प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष प्रतिनिधिसभाको वर्तमान कार्यकालको पुरै अवधि (पाँच वर्ष) नै प्रधानमन्त्रीको जिम्मेवारीमा रहने र पुष्पकमल दाहाल एकता महाधिवेशनसम्म कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उल्लेख छ ।

नेता गौतमले एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका निर्णयहरु गर्नुपरेमा पार्टीको सचिवालयमा परामर्श गर्ने, प्रशासन र सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवा मापदण्ड बनाएर गर्ने लगायत प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here