ताप्लेजुङबाट याेगेश भट्टराईलाई जिताएपछि याक्थुङ (लिम्बू) हरुकाे पहिचान मेटाउने महत्वपूर्ण २ वटा काम गरेछन् ।

1. ताेक्पेगाेला क्षेत्रकाे जाे साेधुङवरक भनिन्छ, जाे मुन्धुममा वर्णित ठाउँ हाे, त्यसलाई 2076 सालमा याेगेश भट्टराईकाे अगुवाईमा रामसार सिमसार क्षेत्र घाेषणा गरियाे । लिम्वुवान क्षेत्रमा भएकाे पछिल्लाे स्थाननाम परिवर्तन हाे । यस्ता स्थाननाम परिवर्तनहरु मुक्कुमलुङलाई पाथिभरा बनाए जस्ता सालाखाला कम्तिमा ५०० काे हाराहारिमा छन् भन्ने अनुमान गरिएका छन् । लिम्बू भाषाबाट राखिएका प्रत्येक गाउकाे नामहरु अर्थ लाग्दछ तर नाम परिवर्तन भएपछि बेअर्थि भएका छन् ।

२. तिम्बुङ पाेखरी (तिम्मक वरक) जुन ठाउँं मुन्धुममै वर्णन भएकाे महत्वपूर्ण ठाउँ हाे, पाेखरीकाे छेउमा राज्य कै वजेट प्रयाेग गरेर मन्दिर बनाएकाे र साे मन्दिरकाे उद्घाटन गरि तिम्बुङ पाेखरिलाई विष्णु पाेखरी बनाउने याेजना थियाे । लठैत लिम्बुहरुले यस्ताे क्रियाकलापमा सहयाेग गर्ने, सचेत लिम्बुहरुकाे बिराेधले विष्णु पाेखरी हुनबाट जाेगिएकाे छ तर विष्णु पाेखरी बनाउने नियत वा दाउ यथावत कायम छ । Ram Maden  काे फेसबुकबाट ।

2 COMMENTS

  1. पुरानो नाममा ईतिहांस, कला, संस्कृति, संस्कार र रहन सहन को महत्व लुकेको हुन्छ । तर नयाँ नाउं अर्थहिन हुन्छन ।

  2. कांग्रेस होस या कम्निष्ट पहाड़े पर्बते नेता हरु लिम्बुवान बिरोधी नै छन

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here