श्रीलंका सरकारले पाँच हजार बर्षअघि रावणले पहिलो विमानको प्रयोग गरेको दावी गरेको छ । यसबीच श्रीलंका सरकारले एक विज्ञापन जारी गर्दै जनतालाई रावणका बारेमा कुनै पनि दस्तावेज साझा गर्न भनेको छ । यो विज्ञापन पर्यटन तथा उड्डयन मन्त्रालयले फरक फरक अखबारमा जारी गरेको हो ।

श्रीलंकाका नागरिकका लागि रावण एक महान राजा थिए । विज्ञापनमा जनतासँग रावणसँग सम्बन्धित कुनै पनि दस्तावेज वा किताव सेयर गर्न अनुरोध गरेको छ । यसबाट सरकार पौराणिक राजा र हराएको सम्पदामा अनुसन्धान गर्न मद्दत मिल्ने बताइएको छ ।

श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले अब प्राचिन कालमा उडान भर्न रावणद्वारा प्रयोग गरिएको विधिलाई बुझ्न पहल शुरु गरेको हो । श्रीलंकाको सिविल एभिएसन अथोरिटीका पुर्व उपाध्यक्ष शशि दानतुंजले उनीसँग यसलाई प्रमाणित गर्ने धेरै तथ्य भएको बताए । आगामी पाँच वर्षमा हामी प्रमाणित गर्ने छौं ।

गत बर्ष नागरिक उड्डयन विशेषज्ञ, इतिहासकार, पुरातत्वविद, वैज्ञानिकहरुको एक सम्मेलन कटुनायके मा आयोजित गरिएको थियो । सम्मेलनले पाँच हजार बर्ष पहिला रावणले श्रीलंकाबाट आजाको भारतका लागि उडान भरहेको र त्यहाँबाट फिर्ता आएको निष्कर्ष निकालेका थियो ।

श्रीलंकामा प्राचिन लंकाका राजाका बारेमा हालैका दिनमा जनतामा विशेष रुची जागेको छ । श्रीलंकाले हालै मात्र रावण नामक उपग्रह आफनो पहिलो अन्तरिक्ष अभियान अन्तर्गत पठाएको हो । श्रीलंकामा जनता रावण एक दयालु र विद्धान राजा भएको मान्छन् । एजेन्सी

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here