IGP

काठमाडौं । एआईजी शैलेश थापा क्षत्रीलाई सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ ।

थापा प्रहरी फोर्सको २८ औं महानिरीक्षक हुन्। हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

महानिरीक्षकका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल दौडमा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । प्रहरी महानिरीक्षकको नियुक्तिका लागि प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरेको थियो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here