काठमाडौं । मास्क नलगाई घर बाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।

लकडाउन पालना नहुँदा कोराेना भाइरस नियन्त्रणमा समस्या भएपछि सरकारले यो व्यवस्था लागू गरेको हो ।

गृह मन्त्रालयले संक्रामक रोग ऐन २०२० अनुसार मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार कोरोना भाइरस नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन यो व्यवस्था लागू गरिएको हो ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here