काठमाडाैं । यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्ष कोरोना भाइरसका कारण परीक्षा गर्न सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनलाई आधार मान्ने निर्णय गरेको हो ।

अब विद्यार्थीलाई प्रमाणपत्र दिनको लागि कानुन संशोधन गर्नुपर्ने हुन्छ । शिक्षा ऐन २०२८ को आठौँ संशोधनको दफा ४  लाई खारेज गर्नुपर्ने हुन्छ ।

गत ६ चैतका लागि तोकिएको परीक्षा ५ गते स्थगित भएको थियो । यो वर्ष एसईई दिने ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी थिए ।

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here