काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताउनुभएको छ । उहाँले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताउनुभएको छ ।

सङ्घीय  प्रतिनिधिसभा बैठकलाई  सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संसदले पुर्खाले जोगाएको कुरामा अडिन खेलेको भूमिका निक्कै सराहनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयाे, ‘कसले जस लिने र श्रेय लिने ? कसकाे देवत्वकरण गर्ने भन्ने कुरा हैन ।  लामो समयदेखि जनस्तरबाट उठेको छ । हामीले कसैले जस पाउला भनेर चिन्ता गर्न पर्दैन यो सबैको साझा कुरा हो । यसको जस कसैले लिँदैन । यो सबैको विजय हो । हामी फराकिलो भावनाले अघि बढाएका छौँ । जसका लागि सबै सर्वदलिय र सर्वपक्षिय बैठक अनुसार नै प्रयास अघि बढेको हो ।’

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here