काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर स्वास्थ्यलाभ गर्न आग्रह गरेका छन् ।

संघीय संसदको छैठौ अधिवेशनमा सम्बोधनको क्रममा उनले सो आग्रह गरेका हुन् ।

नेपालमा ३८ जना प्रधानमन्त्री भइसकेको भन्दै उनले पदमा बस्नु मात्रै ठूलो कुरा नभएको टिप्पणी गरे ‘म पनि प्रधानमन्त्री भइटोपलेको हुँ खै मलाई कतिले सम्झन्छन् थाहा छैन,’ उनले भने ।

बीपी कोइराला बाहेक अन्य प्रधानमन्त्रीलाई आम सर्वसाधारणले सम्झना नगरेको दावी गर्दै भट्टराईले भने ‘प्रधानमन्त्रीज्यु तपाइलाई मेरो आग्रह राजीनामा दिएर बस्नुस् ।’

उनले ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई प्रधानमन्त्रीको दावी नगर्न आग्रह गर्दै पुस्तान्तरणका लागि पहल गर्न पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here