– बलदीप प्रभाश्वर चामलिङ

संस्कृत भाषा पुर्वीय हाेइन, पाश्चात्य हाे । ओली-दाहालहरूले पुर्वीय सभ्यताकाे हवला दिँदै संस्कृतलाई राजकीयकरण गर्नु भनेकाे हिन्दु जातीय साम्प्रदायिकता हाे ।

संस्कृत भाषा ईन्डाे-युराेपियन वर्गमा पर्दछ । त्यसकारण याे भाषाकाे युराेपका बासिन्दासंग साईनाे छ । संस्कृत भाषा युराेपका लिथुनिया देशकाे भाषासंग हुबहु मिल्छ । जस्तै: लिथुनिया भाषामा आगाेलाई “अग्नि”, मानिसलाई “पुरूष”, ईश्वरलाई “देव”, दाँतलाई “दन्त”, कुकुरलाई “स्व”, घाेडालाई “अश्व”, भनिन्छ भने तिनीहरूलाई सँस्कृतमा पनि त्यही नै भनिन्छ ।

विशेषगरी बाल्टिक देशहरू र स्काण्डानेभियन मुलुकसंग संस्कृत जाेडिएकाे छ । यसकाे थाेरबहुत ग्रिक, ल्याटिन, अंग्रेजी, सर्वियन, रसियन र पर्सियाकाे अवेस्तन भाषासंग सम्बन्ध छ । अंग्रेजीकाे फादर, मदर, ट्रिपाटाईट जस्ता धेरै शब्दहरूसंग संस्कृतकाे सम्बन्ध छ ।

भाषा नै पाश्चात्य भएपछि मानिसकाे उद्गम थलाे पनि पश्चिम नै हाे । त्यसकारण पुर्वीय सभ्यताकाे परिभाषा हिन्दुसभ्यता हुनसक्दैन । पुर्वीयसभ्यता तथा दर्शन भनेकाे किरात हाे । हिन्दुआर्य यहाँ प्रवेश हुनुभन्दा पहिले नै भारतीय उपमहाद्वीपमा किरातसभ्यता थियाे । पछि भारतीय उपमहाद्वीपका आदिवासीले हिन्दु धर्म ग्रहण गरेकाे मात्र हाे ।

मनुस्मृतिमा “अहाेरात्रे विभजते…. ” भन्ने शब्द छ । यसकाे अर्थ हाे, धेरै लामाे रातलाई विभजन गरेकाे ठाउँ । आर्यहरू धेरै लामाे रात भएकाे ठाउँकाे आसपास बस्ने भन्ने छनक पाइन्छ । अहिले पनि युराेपकाे स्काण्डानेभियन मुलुक फिनल्याण्ड, स्वीडेनकाे उत्तरी भागमा ६ महिना रात र ६ महिना दिन हुने गरेकै छ । तसर्थ, हिन्दुआर्यहरू युराेपकाे उत्तरी भागबाट भारतीय उपमहाद्वीपमा प्रवेश गरेकाे कुरामा विद्वानहरू एक मत छन् ।

संस्कृतभाषामार्फत जातीय द्वेष तथा साम्प्रदायिकता किन फैलाउन चाहन्छन् सरकार ? काग्रेस- कम्युनिष्टमा रहेका कथित आदिवासीहरू कहाँ चुकेका छन् ?

चामलिङको फेसबुकबाट

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here