मेरियट हाेटल

काठमाडौं । समाजवादी पार्टीबाट बिद्रोह गर्ने तयारी गरिरहेका ८ जना सांसदहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडाैं मेरियट होटलमा राखेको बताइएको छ ।

उनीहरुका लागि हिजैदेखि खाने, बस्ने लगायत आवश्यक सबै सुविधा दिइएको छ । जनता समाजवादीका युवा नेता विश्वदीप पाण्डेका अनुसार होटलको कोठा नं ७०१ देखि ७१५ सम्ममा उनीहरू बसेका छन् ।

यता उनीहरुलाई भेट्नका लागि जनता समाजवादीका नेता अशोक राई त्यसतर्फ गएका छन् । उनले असन्तुष्टहरुको समस्याबारे बुझ्ने छन् र उनीहरुलाई पार्टीभित्रै रहेर संघर्ष गर्न अनुरोध गर्नेछन् ।

जनता समाजवादीका नेता आङकाजी शेर्पा पनि हाल सो तर्फ गइरहेका छन् । उनले आफू मेरियट होटलमा गइरहेको बताए ।

मेरियट हाेटल

यता विश्वदिप पाण्डेले भने उक्त होटलबाट डा. सुरेन्द्र यादव बाहिरिएका छन् ।

पाण्डेले प्रधानमन्त्री ओलीले नियन्त्रणमा लिएर उनीहरुलाई होटलमा राखेको र उक्त नियन्त्रणको घेरा तोडेर यादव निस्किएको बताएका छन् ।

‘केही बेरमा सुरेन्द्र यादवलाई सुरक्षित स्थानमा राख्नका लागि म लिन जाँदैछु’ पाण्डेले फेसबुकबाट जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here