टेकराज थापा

सुर्खेत । दैलेखमा लकडाउनको अवस्थामा खाद्यान्न बोक्ने पास लिएको तर चुरोट विक्री गरेको पाइएपछि एक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाको जबमुकाँधमा रहेको अस्थायी प्रहरी पोस्टले भे१च१५३३ नम्बरको पिकअप गाडीमा ल्याइएको सात पेटी, १४ डन्डा विजुली चुरोट र १ पेटी ६ डन्डा खुकुरी चुरोटसँगै नियन्त्रणमा लिइएको पोस्ट प्रमुख प्रहरी हवल्दार चन्द्रबहादुर रेउलेले जानकारी दिए ।

उनका अनुसार खाद्यान्न ढुवानी भनेर अनुमति लिई आएको वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सिर्जना स्टोरको उक्त गाडी नियन्त्रणमा लिई दैलेख सदरमुकाम पठाइएको बताएका छन् ।

यसअघि कर्णाली प्रदेश सभा नेपाली काँग्रेसका सचेतक हिमबहादुर शाहीको गाडी दुरुपयोग गरिएको समयमा उनले नै नियन्त्रणमा लिएका थिए ।

आइतबार नियन्त्रण्मा लिइएको डिलर मुल्य ६७ हजार पाँच सय हुन आउँछ ।

खुकुरीको एक पेटीमा २५ डन्डा हुन्छन् । वीरेन्द्रनगरमा डिलरले पेटी नै लिएको खण्डमा एक डन्डाको मूल्य १७६० पर्छ । विजुली चुरोटको प्रति डन्डा ९०८ रुपैयाँ पर्ने गरेको छ ।

हवल्दार रेउलेले आगामी दिनमा जुन प्रयोजनकालागि गाडी आएको हो त्यहि प्रयोजन भन्दा बाहिर गएको खण्डमा नियन्त्रणमा लिइछाडने बताए ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here