काठमाडाैं । विश्व अहिले लकडाउनमा छ । संसारभरका मान्छेहरु अहिले कोरनामाथि विजय पाउन संघर्ष गरिरहेका छन् । एकदिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरु बाचिरहेका छन् । आश छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाकी हुन्थ्यो र ।

कोरना कहरबिच गायक विवेक झाले आशाको गीत ‘भिड’ लिएर दर्शक स्रोता माझ आएका छन् । अहिलेको अवस्थामा धेरै मान्छेहरु निराशामा जीवन बिताइरहेका छन् । जीवनदेखि थाकेका र हारेकाहरु आत्महत्या गर्न विवश छन् ।

आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको यस  गीतमा गायक झाले वास्तवमा आत्महत्या अभिशाप हो , संघर्ष नै जिन्दगी हो, बाँचुन्जेल संघर्ष गर, समस्या अस्थायी हुन्छ, दुख सत्य हो, दिनपछि रात हुन्छ, रातपछि दिन हुन्छ । त्यसैले हिम्मत नहार, मैदान नछोड भन्ने संदेश दिन खोजेका छन् ।

गीतमा शब्द र संगीत विवेक झाको रहेको छ । गीतको संगीत संयोजन कोबिद बज्रले गरेका हुन् । स्वर, संगीत र कलाको उत्कृष्ट संयोजन रहेको  म्यूजिक भिडियोमा निश्चल कार्की र अन्य कलाकारहरुको जिवन्त अभिनय देख्न सकिन्छ ।

यसअघि  कमेडी भिडियोहरुमा देखिने निश्चलले आफ्नो मनछुने अभिनय बाट सबैको मन जितेका छन् । उज्ज्वल जोशीले भिडियोलाई  छायांकन र सम्पादन गरेका हुन् । रिजन थापाको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

 

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here